नेपालको हङकङ माथी सानदार जीत ,पाँच देशीय टी-२० सीरीजमा पहीलो जीत

काठमाडौं । नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको छ । आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हरायो ।

अन्तरगत हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै६ विकेट क्षतिमा भेट्टायो ।

हङकले खडा गरेको स्कोर ठूलो नभए पनि नेपाललाई जित निकाल्न सहज भने भएन । ओपनरका रुपमा आएका कप्तान पारस खड्का पहिलो बलमै शून्यमा आउट भएपछि नेपाल दवावमा परेको थियो । पारसलाई पछ्याउँदै पवन सर्राफ, दिपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेल पनि सस्तो स्कोरमा पेभिलियन फर्किँउ । पवनले १० बलमा १० रन, दिपेन्द्रले ११ बलमा ६ रन र रोहितले ६ बलमा ५ रन बनाएका थिए ।

३६ रनको स्कोरमा ४ महत्वपूर्ण विकेट गुमाइसकेको नेपाललाई विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले उद्दार गरे । उनले ४८ बलमा ५८ रन बनाउँदै नेपाललाई खेलमा फर्काए । आरिफ सेखले २४ बलमा २१ रन बनाउँदै विनोदलाई साथ दिए । आरिफ र विनोदबीचको साझेदारीले नेपाललाई अगाडि बढायो । तर, नेपालको स्कोर ९७ मा पुग्दा आरिफ आउट भएपछि विनोदले सोमपाल कामीको साथ पाए ।

सोमपालले १३ बलमा १३ रन बनाए । नेपाल जितनजिक पुगेका बेला सोमपाल पनि आउट भए । त्यतिबेला नेपाललाई जितका लागि १२ रनमा ११ रन आवश्यक थियो । विनोदले १८ औं ओभरको पाचौं बलमा छक्का हान्दै आफ्नो अर्द्धसतक पुरा गरे पनि छैटौं बलमा २ रन लिँदै नेपाललाई जिताए ।

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*