प्रधानमन्त्री ओलीले बन्द गरिदिए भारतीय राजदूतको भेटघाट

नेपालमा अस्वभाविक रुपमा कूटनीतिक नियोगका प्रमुखहरुको सक्रियता हुने गरेको छ । विशेषगरी भारत र अमेरिकी राजदूतहरु नेपालको राजनीतिक विषयलाई लिएर सक्रिय हुने गरेका छन् । यसलाई कूटनीतिक मर्यादा उल्लंघनको रुपमा पनि अर्थ्याइन्थ्यो । अहिले नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरी रहेका छन् । पछिल्लो समय नेपाली नेताहरुदेखि अन्य व्यक्तिहरुसँगको भेटघाटमा उनी सक्रिय भएका छैनन् । 

बिना कारण र अनावश्यक राजदूतहरुको भेटघाटले मुलुकको स्वाभिमानमा आँच आएको र कूटनीतिक मर्यादा कायम नभएको भन्दै सरकारको आलोचना हुने गरेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने अनावश्यक राजदूतहरुको भेटघाट र सक्रियतालाई रोकिदिएका छन् । जस कारण भारतीय राजदूत मन्जिभसिंह पुरीको पछिल्लो समय राजनीतिक भेटघाट बन्द जत्तिकै छ । दूतावाससँग सम्बन्धित् कार्यक्रममा सहभागी हुने र भेटघाट मात्रै सिमित रहेका राजदूत पुरीले कुनै पनि राजनीतिक दलका नेताहरुसँगको भेटघाट गरेका छैनन् । 

तर, अमेरिकी राजदूत रेन्डी बेरी भने विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । नेपालको सांस्कृति र चाडपर्वका कार्यक्रममा समेत सहभागी हुने गरेका राजदूत बेरीले भने राजनीतिक भेटघाट भने गरेका छैनन् । प्रधानमन्त्री ओलीले राजदूतहरुको अनावश्यक भेटघाटलाई बन्द गरिदिएका हुन् । राजदूतले कसैलाई भेट्दा वा राजदूतलाई कसैले भेट्दा परराष्ट्रमन्त्रालयबाट स्वीकृति लिनुपर्ने संवैधानिक व्यवस्था छ । परराष्ट्र मन्त्रालयलाई जानकारी नदिई कूटनीतिक नियोगका प्रमुखसँग भेटघाट तथा राजदूतहरुले कसैलाई भेट्न पाउँदैनन् । तर, यो नियम लागू नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले प्रयास गरेका छन् । 

उपेन्द्र यादव परराष्ट्रमन्त्री हुँदा पनि कूटनीतिक मर्यादा कायम गराउने प्रयास गरेका थिए । राजदूतहरुको हुने अनावश्यक सक्रियतालाई उनले पनि रोक्ने प्रयास गरेका थिए । अहिले प्रधानमन्त्री ओलीले पनि सुरुवात गरेको देखिन्छ । गएको शनिबार (कात्तिक १६) भारतले सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको अतिक्रमित भूमिलाई समेटिएको विषयमा भने सरकारले भारतीय राजदूत पुरीलाई बोलाएर स्पष्टीकरण नलिएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भइरहेको छ । 

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*