प्रधानमन्त्री ओली माथी गम्भीर षड्यन्त्र , गोप्य कुरा बाहीर आयो

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको बताएका छन् । भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै उनले यसबारे खोजबिन भइरहेको बताए ।

बिहीबार काठमाडौमा भएको ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले विषादी परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे भने, ‘दूतावासको पत्र आएको रहेछ ।

मलाई केही जानकारी भएन, दिइएन ।’ प्रधानमन्त्री ओलीले थाहा नभएको कुरामा पत्र आएको छ भनेर भन्न नसक्ने भन्दै पत्रबारे थाहा नभएपछि आफूले सत्य कुरा गर्दा पनि ‘झूट’ भएको बताए ।

‘पत्र आएर पनि मलाई झूट बोल्न लगाइयो । भुलचुक र नियतबस के हो ? त्यो म बुझ्दैछु । खोज्दैछु । त्यसपछि के गर्नुपर्ने हो गर्न तयार छु’, प्रधानमन्त्री ओलीको भनाई छ ।

भारतीय दूतावासले पत्र नै पठाएर नाकामा विषादी परीक्षण गर्ने निर्णयवाट सरकार पछि हट्न लागेको समाचार आएपछि प्रधानमन्त्री ओलीले त्यसको खण्डन गर्दै ‘कहाँ छ पत्र ? कसले पठायो पत्र ?’ भन्दै प्रतिवाद गरेका थिए प्रधानमन्त्री यस्तो बताएको २ दिनपछि दूतावासको पत्र सार्वजनिक भएको थियो । भारतीय दूतावासले परराष्ट्रमन्त्रालय हुँदै उक्त पत्र बाणिजय मन्त्रालयमा पठाएको थियो ।

यसैवीच सरकार संघीयताविरोधी भनेर भ्रम फैलाइएकोमा पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । ‘हामी संघीयता कार्यान्वयनका सवालमा भ्रममा छौँ । सरकार संघीयता कार्यान्वयनमा दृढ संकल्पित छ । शंका गनुैपर्दैन,’ प्रधानमन्त्री ओलीको भनाई छ । त्यस्तै उनले प्रदेशहरुले केन्द्रले अधिकार दिएन भनेर गुनासो गरिरहेको बताउँदै भने, ‘प्रदेशले केन्द्रले अधिकार नै दिएन भनेको सुनिन्छ । प्रदेशले यो बुझ्नुपर्यो कि आफूभन्दा तल स्थानीय सरकार नै छैन भन्ने मनोवृत्ति देखिन्छ ।’

उनले संघीयता कार्यान्वयनमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो भूमिका रहेको र निभाउनुपर्ने भन्दै त्यसैअनुसार अघि बढ्न निर्देशन दिए ।

आफ्नो १५, १६ महिनाको समयअवधिमा संरचना निर्माण र ऐन कानुन बनाउन नै बढी समय खर्चिनुपरेको भन्दै प्रधानमन्त्रीले अब बिस्तारै जनताले संघीयताको अनुभूति गर्नेगरी काम अघि बढ्ने विश्वास दिलाए ।

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*