प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ , बैठक जारी

सिंगापुरबाट उपचार गरेर फर्किएपछि नियमित काममा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघिबाट मन्त्रिपरिषदको बैठक बसिरहेको छ।

चिनियाँ विदेशमन्त्री आजै नेपाल आउन लागेको हुनाले नेपाल र चीनको सम्झौताका विषयमा र चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको मिति तय गर्न बैठक बस्न सक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

स्वास्थ्य उपचार गर्न भदौ ५ गते प्रधानमन्त्री ओली सिंगापुर गएपछि मन्त्रिपरिषदको नियमित बैठक  बस्न सकेको थिएन्। यद्यपि प्रधानमन्त्री ओलीले टेलिप्रेजेन्स मार्फत सिंगापुरमा रहँदा २ पटक मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको थियो ।

हामिसंग बिज्ञापन गर्नुहोस

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*