रबी लामीछानेलाई जापान प्रहरीको यती ठुलो साथ , अब जापानमा बसेर लुट्ने ठगहरुका दिन गए !

काठमाडौं,

न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’ कोयस  एपिसोडमा जापनमा रहेका करिब ८० हजार नेपालीहरुसँग ‘सीधाकुरा’ टिमले गरेको अन्तरक्रियालाई प्रस्तुत गरिएको छ, भने आफुलाई डा. क्रिस त्रिपाठी भनेर चिनाउने कास्की पुरनचौरका गोविन्द तिवारीको फलोअप पनि प्रस्तुत गरिएको छ ।

यस एपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएको छः

१. ‘सीधाकुरा’ टिम जापानमाः गोविन्द तिवारीलाई कारवाही गर्न जापान प्रहरीले सहयोग गर्ने

जापान, ६ असोज । यतिबेला ‘सीधाकुरा जनतासँग’को टिम जापानमा छ । यो अवधीमा हामीले जापानमा रहेको करिब ८० हजार नेपालीले देखेका भोगेका कुराहरुका बिषयमा विभिन्न स्थानमा अन्तरक्रिया छलफल गरिरहेका छौँ ।

यी सबै विषयमा विस्तारै प्रस्तुत गरिने छ तर मुख्य कुरा हाम्रो जापान यात्र तय भएसँगै हाम्रा धेरै दर्शकले नेपालबाट रोजगारीका लागि जापान लैजाने प्रलोभनमा करोडौँ ठगेको गोविन्दा तिवारीका बिषयमा चासो राख्नु भएको छ ।

आफुलाई डा. क्रिस त्रिपाठी भनेर चिनाउने कास्की पुरनचौरका गोविन्द तिवारी तिनै व्यक्ति हुन जसले गोरखाकी अमृता ढकाल, झापाकी सुमी राई, कास्कीकी निशा केसी लगाएत थुप्रै व्यक्तिलाई ९ लाखदेखि ४६ लाखसम्म ठगेका छन् ।

२. खाडीका भन्दा कम छैनन् जापानमा पुग्ने नेपालीका समस्या

जापान, ६ असोज । हामी जापान पुगेसँगै जतिसक्दो धेरै दर्शकहरुलाई भेट्न, उनिहरुले देखे भोगेको समस्याहरु सुन्ने र सम्बन्धीत निकायसम्म पु¥याउने हतारोमा थियाँै ।

टोकियो स्थित सभाहलमा ओयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थीत दर्शकहरुले आफ्नो जापान बसाईमा भोगेको समस्या सुन्दा लाग्थ्यो जापानमा नेपालको अवस्था खाडी मुलुकहरुमा जस्तै हुन लागेको अड्कलबाजी गर्न सकिन्छ ।

३. वीर अस्पतालको फार्मेसीमा औषधिको चरम अभाव, ग्याष्ट्रिकदेखि शल्यक्रियाकै औषधि पाइदैन

काठमाडौं, ६ असोज । वीर अस्पतालका चिकित्सकसँग जाँच गराई चिकित्सकले दिएको प्रेस्कृप्शन लिएर वीर अस्पतालको फार्मेसीमा औषधि किन्नेहरुको लाइन हो यो । तर वीर अस्पतालको फार्मेसीमा लामो समय लाइन बसेर पालो कुरेकाहरु अन्तिममा फार्मेसीमा औषधि छैन भन्ने जवाफ पाउँदा निराश थिए ।

शल्यक्रियाका लागि वार्डमा राखिएका विरामीलाइ्र्र आवश्यक पर्ने औषधि समेत फार्मेसीमा छैनन् । अरु त अरु अस्पतालमा इमर्जेन्सीका लागि आवश्यक औषधिहरु समेत छैनन् ।

भीडीयो हेर्नुहोस :

-News24

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.