कांग्रेस रीत्तीदै , नेकपा भरीदै ! नेपाली कांग्रेसका नेता एकाएक नेकपा प्रवेश , को आए ?

असोज ९ ,

 नेपाली कांग्रेसका नेता एव् नेपाल टेलिभिजनका पूर्व अध्यक्ष महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराइमा दाहाल एक कार्यक्रमकाबीच आज नेकपा प्रवेश गरेका हुन् ।

उनलाई पार्टी अध्यक्ष प्रचण्डले नेकपामा स्वागत गरे । दाहालले कांग्रेसको नेपाल तरुण दलकाे केन्द्रीय सदस्यमा रहेर लामो समय काम गरेका छन् । यस्तै, नेपाल विद्यार्थी संघ र विभिन्न सामाजिक संघ संस्थामा पनि काम गरिसकेका उनले नेपालको भविष्य नेकपाले मात्र उज्जल गर्न सक्ने भएकाले आफू पार्टी प्रवेश गरेको बताए । उनले भने,‘नेपालमा विकास गर्न सक्छ त अब नेकपाले मात्रै, नेकपामा धेरै सम्भावान छन् । अहिले परिर्वतनका लागि एक मात्रै पार्टी भनेको नेकपा हो । त्यसकारण म पुनः नेकपामा आएको हुँ ।’

केही वर्ष पहिले उनी तत्कालिन एमालेबाट नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कांग्रेसमा नेपाली जनताको भावना अनरुप काम गर्न सक्ने लक्षण देखा पर्न नसकेकाले आफूले सो पार्टी परित्याग गरेको पनि दाहालले बताए ।

उनले अब नेकपाले जस्तो सुकै जिम्मेवारी दिएपनि कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । उनले भने,‘अब नेकपाले जेसुकै जिम्मेवारी दिए पनि निर्वाह गर्न तयार छु । पार्टीले छाडोपोछा लगाउन आग्रह गरेपनि पछि हट्दैन ।’ पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्ड, पार्टि महासचिव विष्णु पौडेल, नेता अग्नी सापकोटालगायतको उपस्थिती थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.