नेपालबाट सीक्नुपर्छ भन्दै विश्व भरीका प्रधानमन्त्री र राष्ट्रपतीहरुलाई ओलीले दिए ज्ञान ( भीडीयो )

न्यूयोर्क,

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् ।

उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको ७३ औँ महाअधिवेशनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओेलीले सम्बोधनका क्रममा नेपालको राजनीतिक द्वन्द्व व्यवस्थापन विश्वका विभिन्न भागमा शान्तिको कामना गर्ने धेरै व्यक्तिलाई अभिप्रेरक कथा बन्नसक्ने भएकाले नेपालले यो अनुभव र अन्तर्दृष्टि अन्य पक्षसँग साझेदारी गर्न चाहेको बताए ।

उनले प्रजातान्त्रिक सङ्क्रमणको कठिन यात्रापछि नेपाल आफैँले दिगो राजनीतिक र आर्थिक सङ्क्रमणको मार्गको रुपमा ‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृष्टिकोण अगाडि बढाएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले यसअघि सन् २००६ मा यस मञ्चबाट सम्बोधन गर्दा नेपाल ऐतिहासिक राजनीतिक सङ्क्रमणमा रहेको उल्लेख गर्दै वार्ता तथा छलफलका माध्यमबाट नेपालीले मुलुकमै बनेको, नेतृत्व दिइएको आफ्नै शान्ति प्रक्रियामा मौलिक रुपमा सफलता हासिल गरेको उल्लेख गरे । उनले नेपाली राजनीतिक परिवर्तन सशस्त्र द्वन्द्वको शान्तिपूर्ण समाधान भएको र यसले राज्यको पुनः संरचनामार्फत विविधतामा एकता प्रवद्र्धन गर्ने बताए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.