कतीपय नेताले भनेको सुनें – ‘ लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ ‘ , म फर्केर आईहाल्छु ‘

काठमाडौं ,

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा अोलीले अाफू नहुँदा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमा छटपटी देखिएको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका हुन ।

 

अोलीले भनेका छन ‘केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ, त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन् ।’ अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका सूर्य थापासँग अन्तरवार्ता दिँदै अोलीले भनेका छ ‘म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।’ उनले माधव नेपालले देश डुब्न लाग्यो भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.