प्रधानमन्त्री ओली कोस्टा रिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्दै

काठमाडौं ,

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका)का प्रतिनिधिहरूसँग भेट गर्नुभयो ।

प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले कोस्टा रिकाका राष्ट्रपति कार्लोस अलवारादो क्वेसादासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा हुनुहुन्छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.