पार्टी अध्यक्ष प्रचण्ड र ओली नभएको मैका छोपेर माधव नेपालले ठुलो गल्ती गरे ! उनको पद खोसीने ?

काठमाडौं, असोज १३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले चियापानको नाममा शुक्रवार आयोजना गरेको भेलाले नेकपाभित्र तरंग ल्याएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेपाल बाहिर रहेको बेला नेता नेपालले दुवै अध्यक्षको कार्यशैली र निर्णय गर्ने बिधि अनुचित रहेको भन्दै प्रतिवाद गर्ने योजना बनाउन नेपालले भेला बोलाउनु भएको थियो ।

भेलामा अर्का बरिष्ठ नेता झलनाथ खनालदेखि अध्यक्ष ओली र दाहालका हार्डकोर समुह सहभागी भएन । ओली निकट सुवास नेम्वांग हार्न र टार्न नसकेर भेलामा सहभागी हुनुभयो भने बामदेव गौतमले गुट परिवर्तन गरी नेपाल क्याम्पमा पुगेको संकेत दिनुभएको छ । तात्कालिन एमालेको नेपाल समुहमा रहेका अधिकांश नेता सहभागी सो भेलामा नेपालले ओली र दाहालमाथि चर्को आलोचना गर्नुभएको थियो ।

नेपालको सो भेलाले नेकपाभित्रै ठुलो तरंग ल्याएको छ । सो भेला जारी रहेकै बेला ओली निकट मानिने नेताहरुले काउन्टर रणनीति बनाएको एक नेताले बताए । स्रोतका अनुसार माधव नेपालले बिरोधी भन्दा बढता सरकारको बिरोध गरेको भन्दै संस्थापन पक्ष निकै चिढिएको छ ।

‘आफै बिधि, बिधान र प्रक्रिया मिचेर बरिष्ठ नेता झलनाथ खनाललाई तल खसाल्दै अपमान गर्ने, अनि आफै बिधिको कुरा गर्ने ?’ ओली निकट ती नेताले भने, ‘माधव कमरेडले भनेको बिधिअनुसार जाँदा सवैभन्दा पहिला उहाँकै बरिष्ठ नेताको पद खोस्नुपर्छ । झलनाथ खनाललाई ससम्मान बरिष्ठ नेतामा स्थापित गर्नुपर्छ ।’

पछिल्लो समय नेपालले सरकारबिरुद्ध निकै खेलेको भन्दै ओली पक्षले अव प्रतिकारमा उत्रने रणनीतिसमेत बनाएको छ । हिजोको भेलामा नजाने स्थायी कमिटी नेताहरुले यस्तो तयारी गरेका हुन । ओली निकट नेता डा. राजन भट्टराईले सामाजिक सञ्जालमार्फत नै नेपालको काउन्टर हुने प्रष्ट संकेत दिनुभएको छ ।

नेपाललाई काउन्टर दिँदै सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभयो, सामाजिक क्षेत्रमा देखापरेका समस्या र विकास निर्माणले चाहेजती गति लिन सकेन भन्ने नाममा सरकारको विकल्प र अझ कतिपयको वैकल्पिक राजनीतिको खोजी धमिलो पानीमा माछा मार्न खोजेको भन्दा बढी के होला र ?’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.