कांग्रेसका ४ प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा बल्ल ओली प्रधानमन्त्री बनेपछि पुग्यो बिजुली

बत्तिमुनीसँधै अध्यारो भन्ने उखान त सबैलाई थाहा नै छ । तर विशिष्टहरुको ठाँउपनि विकासमा धेरै पछि परेको छ । नेपालका प्रभावशाली चार कोइराला प्रधानमन्त्री मात्रिका प्रसाद, बिपी, गिरिजा र सुशीलको पुर्ख्यौलीथलो हो सिन्धुलीको दुम्जा । एकै परिवारका उनीहरु यहाँ जन्मिए पनि पछि अन्यत्र बसाइ सरेका हुन् । ‘चार कोइराला प्रधानमन्त्रीको पुर्ख्यौलीथलोमा विकास पक्कै होला ?’ भनेर दुम्जाबासी दशकौंसम्म मौन रहे । राणा शासनदेखि नै प्रधानमन्त्री बनेको कोइराला परिवारको जन्मथलो एक बिम्व बनिसक्यो ।

हरेक कार्यक्रममा स्थानीय नेताको गुनासो हुन्थ्यो, ‘चार–चार जना प्रधानमन्त्री जन्माउने यो ठाउँ किन अँध्यारो छ ? यो प्रश्नको जवाफ अब उनीहरु आफैँले सल्ट्याएका छन् । उनै कोइराला प्रधानमन्त्रीको पुर्ख्यौलीथलो दुम्जा अब स्थानीयकै सक्रियतामा उज्यालो बनेको छ । दशकौंदेखि बिजुली नआएको दुम्जामा हालै स्थानीय सरकारको सहायतामा गाउँलेले पहिलो पटक बिजुली बालेका छन् । सुनकोसी गाउँपालिका–२ दुम्जामा बुधबारबाट बल्ल राष्ट्रिय प्रसारण लाईन पुर्याएर बत्ती बालिएको हो ।

सुनकोसी गाउँपालिकाबाट ५० लाख रुपैयाँ बजेट पाएपछि गाउँपालिका र नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाको पहलमा विद्युत सेवा विस्तार गरी बुधबार विद्युत सेवा सञ्चालन गरिएको हो । सताब्दि नजिक सम्म समय पुग्दा विजुली बलेन शासनको बागडोर सम्हाल्नेहरुकै कुरा गर्दा अहिले नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सुनकोसी गाउँपालिकामा बिजुली बलेको छ । स्थानीय सरकार र केन्द्रीय सरकारको पहलमा यो कार्य भएकाले सिन्धुलीको सुनकोसी गाउँपालिका प्रमुखमापनि नेकपाकै शासन छ । तत्कालिन माओवादी केन्द्रकी दीपा बोहबा अहिले उक्त पालिका प्रमुख छिन् । केन्द्रसँग समन्वय गरेर उनले उक्त कार्य गरेको जनाइएको छ ।

प्रदेशसभा सदस्य लेखनाथ दाहालले एक कार्यक्रमबीच बुधबार ट्रान्समिटरको स्वीच अन गरेर सुभारम्भ गरेपछि स्थानीय खुसीले नाचेका थिए । यस प्रसारणबाट दुम्जाको मझुवा, साँदी, आदाबाटेका ५७ घर भन्दा बढी प्रभावित छन् । खुर्कोटबाट बिपी राजमार्ग हुँदै दुम्जाको आँपघारीसम्म तानिएको केन्द्रीय प्रसारण लाइनबाट सो बत्ती बालिएको नेपाल विद्युत प्राधिकरण सिन्धुलीका प्रमुख खिलनाथ अर्यालले जानकारी दिए ।

‘नेपालका पूर्व प्रधानमन्त्रीहरुको पुर्ख्यौलीथलोमा विद्युत सेवा सुरु गरिए पनि दुम्जाको बजार क्षेत्र बोकेढिकुरा, गजुलीदह, नेपालथोक, आँपघारीलगायत गाउँ क्षेत्रका गिद्धे, नयाँघर, भञ्ज्याङ्ग, पानीपोखरी, माझथोक, उपल्लाथोक, सिमलचौरलगायत क्षेत्रमा चाहिँ बिजुली बलेको छैन । यसै आर्थिक वर्षको अन्त्यसम्ममा काफ्लेचौरसम्म बिजुली बत्ती बालिने र आर्थिक वर्ष २०७६–७७ को अन्त्यसम्म ओख्रेनीसम्म विद्युतीकरण गरिसक्ने लक्ष्य रहेको अर्यालले बताए । दुम्जाका सबै ठाउँमा बिजुली बल्ने सम्भावना भए पनि जनप्रतिनिधिका केही कमजोरीले दुम्जाको पुरैडाँडा र बजार क्षेत्रमा बत्ती बल्ने नसकिएको बिद्युतीकरणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष राजन रायमाझीले गुनासो गरे । गाउँपालिकाको सबै वडामा विद्युत सेवा पु¥याउने गरी बजेट विनियोजन गरिएको तर केही प्राविधिक समस्या भएको गाउँपालिका अध्यक्ष दीपा बोहोरा बताउँछिन् ।

छिमेकी जिल्ला रामेछापको छिमेकी गाउँमा भने वर्षौँअघि बिजुली बत्ती बलेको थियो । यता ‘ठूला नेता जन्मिएको ठाउँ’ भए पनि अँध्यारै भएपछि स्थानीय लामो समयदेखि रुष्ट थिए । ‘कोइराला परिवार यहीँ बसिरहेको भए पक्कै बत्ती बल्थ्यो होला,’ स्थानीय बद्री दाहालले भने, ‘उनीहरुले छोडेर गएपछि गाउँ त अँध्यारो नै रह्यो ।’ ढिलै भए पनि गाउँमा बिजुली बलेकोमा स्थानीयबासिन्दा खुसी छन् । २००४ सालमा राणा शासन विरुद्ध नेतृत्व गरेको कोइराला परिवारका मात्रिका प्रसाद कोइराला, बिपी कोइराला, गिरिजा प्रसाद र सुशीलको जन्म दुम्जामै भएको हो। अन्नपूर्ण पोष्ट दैनिकको साथमा

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.