नेकपा झनझन ठुलो र शक्तीशाली बन्यो ! दुईवटा सीगैं पार्टी एकैपटक नेकपा मा बिलय

काठमाडौं ,

राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघ नेपाल कम्युनिष्ट पार्टी (ने क पा)मा विलय भएका छन्। दुवै पार्टीलाई नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङले अविर तथा खादा लगाएर पार्टी प्रवेश गराए।

नेकपा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा मेघराज निसाद नेपाली संस्थापक रहेको राष्ट्रिय जनता दल नेपाल र नेपाल पिछडा बर्ग महासंघका सवै पदाधिकारी र सदस्यहरु नेकपामा प्रवेश गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय जनता सर्लाहीका पूर्व अध्यक्ष नागेश्वर महतो, नेपाल पिछडावर्ग महासंघका महासचिव मनाई महतो, राष्ट्रिय जनता दलका केन्द्रीय अध्यक्ष भरत महतोले नेपाललाई समृद्ध र विकास तर्फ लैजान नेकपाको नेतृत्व र वर्तमान सरकारले मात्र सक्ने भएकाले आफुहरु नेकपामा प्रवेश गरेको बताए।

उक्त पार्टीमा देशभर १३ हजार कार्यकर्ता क्रियाशील रहेको महतोले बताए। पार्टी प्रवेश गराउदै नेकपा महासचिव विष्णु पौडेलले नेकपा पार्टी प्रवेश गरेर गल्ती गर्यौ भन्ने महसुस हुन नदिने बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.