• Home
  • Privacy Policy
  • Contact Us
शनिवार, फ्रेवुअरी 23, 2019
Pradeshi Online
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
Nepal’s Leading Online Portal
No Result
View All Result

बैदेशीक रोजगार : श्रम मन्त्री गोकर्ण बिष्टले गरे अहीलेसम्म कुनै मन्त्रीले गर्न नसकेको यस्तो काम !

Pradeshi Online by Pradeshi Online
डिसेम्बर 9, 2018
in Breaking News !, Entertainment, Nepal, Nepal News, Nepali Politics, News, Political News, Videos
0
बैदेशीक रोजगार : श्रम मन्त्री गोकर्ण बिष्टले गरे अहीलेसम्म कुनै मन्त्रीले गर्न नसकेको यस्तो काम !
Share on FacebookShare on Twitter

काठमाडौं ,

शान्ति सुरक्षा, भद्रगोल, अस्तव्यस्त र अराजकता देखेर सरकारप्रति नागरिकको वितृष्णा बढिरहेको बेला केही मन्त्रीले आशा जगाउने काम पनि गरिरहेका छन् ।

नागरिकलाई आशा जगाउने थोरैमध्येमा पर्नुहुन्छ, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्ट ।

मन्त्री विष्टको अगुवाईमा दुईथरि अभियान एकैपटक सुरु भएको छ । एक–बेरोजगारलाई स्वदेशमै रोजगारीको वातावरण बनाउने र विदेशमा रहेकालाई नेपाल फर्काएर काम दिने । दुई–वैदेशिक रोजगारीमा जानैपर्ने बाध्यता भएकाको आर्थिक र भौतिक सुरक्षा गर्ने ।

पहिलो अभियान अन्तर्गत रोजगारीको हकसम्बन्धी ऐन र युवालाई स्वरोजगार बनाउने योजना तयार भैसकेको छ । दोस्रो अभियानअनुसार भर्खरै मात्र मलेसियाँसँग श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ ।

भिसा प्रक्रियामा लाग्ने सबै खर्च मलेसियन रोजगारदाताले बेहोर्ने सहमतिसँगै अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । मलेसिया मात्र होइन, वैदेशिक रोजगारीका अरु गन्तव्यमा जाने कामदारले पनि निःशुल्क रुपमा जान पाउनेगरी सम्झौताको तयारी भैरहेको मन्त्री विष्टले बताउनुभएको छ ।

मलेसिया जाने कामदारसँग थप शुल्क लिने संस्थालाई खारेज गर्ने अडानमा मन्त्री विष्ट उभिएपछि थप शुल्क पनि रोजगारदाताले नै तिर्नेगरी मलेसिया श्रम सम्झौतामा हस्ताक्षर गर्न तयार भएको हो । यससँगै नेपाली कामदारको हकहित र सुरक्षाका विषयमा पनि मलेसिया  सरकार गम्भीर भएको छ । दुवै पक्षले आन्तरिक प्रक्रिया पूरा गरेर छिट्टै श्रम सम्झौता गर्ने तयारी छ ।

केही दिनमै मलेसियाका श्रम मन्त्री नेपाल आउने कार्यक्रम छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विष्टसँगको हस्ताक्षरपछि चार महिनादेखि बन्द मलेसियाको रोजगार खुल्नेछ ।

अब कामदार ठगिनुपर्दैन

नेपाली कामदारका लागि सबैभन्दा आकर्षक र प्रमुख गन्तव्य मलेसियासँग अहिलेसम्म कुनै प्रकारको सम्झौता तथा समझदारी हुन सकेको छैन । मन्त्री विष्टको पहलमा एक दशकपछि मात्र मलेसियासँग श्रम सम्झौता हुन लागेको हो ।

श्रम सम्झौताको लागि यसअघि पनि पटक–पटक पहल भएको थियो । तर यसले सार्थकता पाउन सकेको थिएन । गएको जेठमा मन्त्री विष्टले कामदारबाट थप शुल्क लिने संस्था खारेज गरेर कामदार पठाउन रोक लगाएपछि मलेसियालाई नेपालसँग श्रम सम्झौता गर्न बाध्य बनाएको हो ।

यसअघि मलेसिया सरकारसँग मिलेर खडा गरिएका भीएलएन, जीएससी, वानस्टप सेन्टरलगायतका नाममा नेपाली कामदारबाट प्रतिव्यक्ति करिब १९ हजार अतिरिक्त शुल्क लिने गरिएको थियो । श्रम सम्झौतामा हस्ताक्षर भएपछि अब मलेसिया जाने नेपालीले पैसा दिनु पर्दैन । यससँगै चार महिना अघिसम्म चल्दै आएको ठगी रोकिने विश्वास छ ।

आर्थिक र भौतिक सुरक्षा

सरकारले देशभित्रै रोजगारीको वातावरण बनाउने घोषणा गरे पनि वैदेशिक रोजगारी नेपालीको रहर नभएर बाध्यता हो । त्यसमाथि देशको अर्थतन्त्र विदेशबाट युवाले पठाएको रेमिट्यान्सबाटै चलिरहेको छ । सरकारले ५ वर्षभित्र कामको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने त भनेको छ । तर त्यसको भरपर्दो आधार तय भैसकेको छैन ।

अहिले पनि ५ लाखभन्दा धेरै नेपाली मलेसियामा काम गर्छन् । सबैभन्दा धेरै नेपालीले काम गर्ने ठाउँ मलेसियामा धेरैथरीका समस्या छन् । एक त मलेसियासम्मको यात्रा नै सुरक्षित हुन सकेको छैन । करार सम्झौताअनुसार काम, दाम र सुविधा नपाउने समस्या छ । अवैधानिक रुपमा अलपत्र पर्ने तथा बेवारिसे हुनेसम्मका समस्या छन् । असुरक्षाका कारण ज्यान गुमाउने नेपालीको संख्या मलेसियामै धेरै छ ।

अब श्रम सम्झौता भएसँगै नेपाली कामदारले यस्ता समस्या भोग्नु पर्दैन । रोजगारदाताले नै सबै जिम्मा लिने भएपछि भनेअनुसारको तलब सुविधा पाइनेछ । कुनै समस्या आएमा कामदारले म्यानपावर कम्पनीको सट्टा सीधै सरकारसँग गुनासो गर्न पाउँछन् ।

कामदारको सुरक्षामा पनि सम्बन्धित देश र रोजगारदाता जिम्मेवार बन्न बाध्य हुन्छन् । त्यसैले अब मलेसिया जाने नेपाली कामदारको आर्थिक र भौतिक सुरक्षा अरुको भन्दा बलियो हुने निश्चित छ ।

-Ujyalo

Tags: गोकरिण बिष्ट
ShareTweetPin
Previous Post

कोष्टारीका बाट ओलीले भने : ‘ यो उपाधि शान्तिका दूत बुद्ध जन्मेको मुलुकका नागरिकलाई दिइएको हो ‘

Next Post

प्रधानमन्त्री ओली लाई अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी ! कीन दिईन्छ यो उपाधी ? (जान्नुहोस )

Next Post
प्रधानमन्त्री ओली लाई अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी ! कीन दिईन्छ यो उपाधी ? (जान्नुहोस )

प्रधानमन्त्री ओली लाई अहिलेसम्म तीनपटक विद्यावारिधिको उपाधी ! कीन दिईन्छ यो उपाधी ? (जान्नुहोस )

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Recent

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

फ्रेवुअरी 3, 2019
नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

जनवरी 23, 2019
अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

जनवरी 17, 2019
नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

जनवरी 10, 2019
बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

जनवरी 5, 2019

पाठकहरुमा जानकारी :

  • तपाई संग पनी जानकारी , रचना वा कुनै पनी सामाग्री छन भने हामीलाई पठाउनुहोला । हामीले उचीत स्थान दिनेछौं ।
  • प्रदेशका भोगाई , सुचना , समाचार आदी पठाउन सक्नुहुन्छ ।

Email : pradeshionline@gmail.com

© 2018 प्रदेशि अनलाईन

No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us

© 2018 प्रदेशि अनलाईन

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In