अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कदै ! कती बजे आउँछन नेपाल ?

काठमाडौं ,

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्कंदैछन् । करिब दुई साता लामो अमेरिकाको भ्रमण सकेर प्रधानमन्त्री ओली आज अपरान्ह पौने ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने उनको निजी सचिवालयले जनाएको छ ।संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन असोज ६ गते अमेरिकाको न्यूर्योक गएका प्रधानमन्त्री ओली आज स्वदेश फर्कन लागेका हुन् । महासभामा भाग लिन अमेरिका रहेका बेला उनले विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन् ।

केही स्थानको भ्रमण समेत गरेका उनले अमेरिकामा रहँदा आफ्नै नेताको कडा आलोचना सहनुपरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले संसद्मा सरकारको काम कारबाही र शैलीको कडा आलोचना गरेका थिए । जसको प्रधानमन्त्री ओली अमेरिकाबाटै कडा जवाफ समेत फर्काएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.