ओली प्रचण्ड छलफलपछि नेकपा ले लीयो एकसन ! अब यस्तो हुँदैछ

काठमाडौं, असोज १९

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली रपुष्पकमल दाहाल,प्रचण्डले दशैं अगावै जनसंगठनलगायत सवै तहका कमिटीको एकता टुंग्याउने निश्कर्ष निकाल्नु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा दुवै अध्यक्षले एकतामाढिलाइ हुँदा कार्यकर्ता पंक्ति निरास हुन थालेको निचोडसहित दशैंअगावै एकताको काम टुंग्याउने निश्कर्ष निकाल्नु भएको हो । प्रधानमन्त्री ओली अमेरिकाबाट फर्किएपछि एकतालगायत मुलुककोअवस्थाबारे अर्का अध्यक्ष दाहालसँग पहिलो परामर्श गर्नुभएको हो ।

‘दुबै अध्यक्ष यो बीचमा बाहिर रहेकाले सतहमा आएका पछिल्ला विवादका विषयमा छलफल हुन पाएको थिएन । ‘अध्यक्षद्वय (ओली र प्रचण्ड) बीच दशैं अगावै एकताको टुंगोलगाउने निश्कर्षका साथ छलफल भएको छ, अन्य समसामयिक विषयमा छलफल भएको छ,’ नेकपा केन्द्रीय कार्यालयका नेता कृष्ण गोपाल श्रेष्ठले जनताटाइम्ससँग भन्नुभयो ।

उहाँले एकतामा ढिलाइ गर्न नहुने निश्कर्षसमेत अध्यक्षद्वयले निकालेको जानकारी दिनुभयो । यस्तै बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिको बिषयमा समेत ओली र दाहालबीच छलफल भएको छ ।

पार्टीका दुई अध्यक्षले पार्टी एकता प्रक्रियामा एकलौटी ढंगले निर्णय गरेको भन्दै नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट छन्।

नेता असोज १२ गते स्थायी समितिका सदस्य भेला पार्दै पार्टी सचिवालयले गरेको प्रदेश कमिटीको नेतृत्व सिफारिस मान्य नहुने बताउनु भएको थियो। नेता नेपाल पक्षधरनेताहरुले तत्काल स्थायी समिति बैठक बोलाउन माग समेत गर्नुभएको छ ।

सोही बिषयमा ओली र दाहालले छलफल गरी सचिवालय बैठक बसेर आवश्यक निर्णय लिने निर्णय भएको छ । अध्यक्ष ओलीसँगको परामर्शपछि दाहाल तनहुको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.