नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बस्दै , बैठकमा के हुँदैछ ?

काठमाडौं ,

प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दैछ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चर्किरहेका बेला नेकपा सचिवालय बैठक बस्न लागेको हो ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला बसेको सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेपछि खासगरी नेपाल समूहले यसमा चर्को असन्तुष्टि जायर गर्दै आइरहेका छन् । उनले छलफलविपरीत प्रदेश कमिटीको जिम्मेवारी तोकिएको भन्दै नोट अफ डिसेन्ट नै दर्ज गराएका छन् ।

बैठकमा के हुँदैछ ?

आइतबार अपराह्न ४ बजे बस्ने नेकपाकाे बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको काम–कारबाहीलाई लिएरसमेत नेकपामा पछिल्लो समय असन्तुष्टि चुलिएको छ । शीर्ष नेताहरुले नै यसबारे सार्वजनिक रुपमै असन्तोष व्यक्त गरिरहेका छन् । नेताहरुका अनुसार आज बस्ने सचिवालय बैठकमा यसबारे पनि छलफल हुनेछ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.