राजपा ले यस्तो गर्न लागेको खबर सुन्नसाथ प्रधानमन्त्री ओलीले राजपा नेताहरु सीधै बालुवाटार झीकाए ! कीन त ?

काठमाडौं ,

राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेताहरुलाई सोमबार साँझ बालुवाटारमा बोलाएका छन्  ।

कती बजे ?

प्रधानमन्त्रीबाट सोमबार साँझ ६ बजेका लागि बोलावट भएको राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले अनलाइनखबरलाई बताए ।

‘हामीले समर्थन फिर्ता लिने तयारीका लागि बैठकको गृहकार्य गरिरहेका थियौं, प्रधानमन्त्रीबाट आजै बोलावट भयो ।’

प्रधानमन्त्री ओलीले आफूहरुलाई बोलाए पनि सरकारलाई दिइएको समर्थन फिर्ता लिने अडान यथावतै रहेको यादवले बताए । मन्त्रीहरुलाई दशैं मान्न दिएपछि समर्थन फिर्ता लिइने नेता यादवको भनाइ छ ।

राजपाका माग के हुन ?

राजपाले आफूसँग भएको सहमति सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेको छ । ‘सरकार गठन भएको ७ महिना बितिसक्दा पनि यहाँको तर्फबाट अहम सवालहरुमा हालसम्म कुनै पहल नहुनु दुर्भाग्यपूर्ण हो’ ज्ञापन पत्रमा भनिएको छ ।

आन्दोलनका क्रममा लगाइएको मुद्दा फिर्ता लिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई सपथ ग्रहण गराउनुपर्ने, संविधान संशोधन प्रक्रिया अगाडि बढाउनुपर्ने राजपाको माग छ । नभए समर्थन फिर्ता लिने बताएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.