पुसको मध्यतीर नेपालमा रेल सेवा सुरु हुने, ट्रयाक बिछ्याउने काम लगभग सकीयो

काठमाडौं ,

भारतको सीमा क्षेत्र छुने दुईवटा बिन्दुबाट पुसको मध्ये बाट रेल सेवा सुरु हुने भएको छ । नेपाल भारत सिमा क्षेत्रका दुईवटा बिन्दुमा सन् २०१८ को अन्त्यबाट रेल सेवा सञ्चालन हुने दाबी गरिएको छ ।

जनकपुर–जयनगर र बथनाहा–कटहरी रेल सेवा डिसेम्बर अन्त्यबाट सुचारु हुने रेल बिभागले जनाएको छ । दुबै स्थानमा ट्रयाक बिछ्याउने काम करिब सकिएको छ ।

लिगको परिक्षण र दुबै पक्षका अधिकारीहरुले अनुगमन समेत गरिसकेकाले निर्धा्रित समयसिमा भित्रै दुबै स्थानमा रेल सेवा सञ्चालन गर्ने गरी तयारी अघि बढेको बताइएको छ ।

रंगेली–बिराटनगरको रेल मार्ग निर्माणमा भने केहि समस्या देखिएकाले त्यसको सञ्चालनमा ढिलाई हुने विभागले जनाएको छ ।

बथनाहा कटहरी मार्गको १८ किलोमिटर लम्बाईमध्ये १३ किलोमिटर नेपाल र ५ किलोमिटर भाग भारतमा रहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.