बामदेबलाई उम्मेदवार बनाएर उपनीर्वाचन गर्ने चर्चा चलीरहँदा प्रचण्ड-ओली बिचको कुरा बाहीरीयो !

 काठमाडौं

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी निर्वाचन नगर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उम्मेदवार बनाएर उपनिर्वाचन गर्ने नेकपाको योजना रहेको भन्ने चर्चा भइरहेका बेला उनले पार्टीको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।

ओली-प्रचण्ड बिचको कुरा

‘अस्तीको दिनदेखि यो विषयमा कुराकानी भएको छ, आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं’ काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले भने ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’

बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गाैतमलार्इ उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.