६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री ओलीले यस्तो भने पनी गृहमन्त्री बादल चुपचाप

बिहीबार ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापना गर्नका लागि खेलिरहेको भूमिकाको प्रशंसा गरे। उनले नेपाल प्रहरीले जन्म २०१२ सालमा मुक्ति सेनाबाट भएकोले पनि नागरिकसँग सम्बन्ध राम्रो राख्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीले अधिकांश अपराध अनुसन्धानमा सफलता पाए पनि कुनै एउटा अनुसन्धानमा चुक्दा निकै आलोचित हुनुपरेको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुनै पनि अपराधको अनुसन्धान गर्न नेपाल प्रहरी सक्षम रहेको बताउँदै उनले समय सीमा तोकेर अनुशन्धान नहुने बताएका थिए।

जस्तो सुकै प्रतिकुल अवस्थामा पनि जनताको जिउ धनको रक्षा गर्न नेपाल प्रहरी चिसो तातो नभनि खटिरहेको उनले उल्लेख गर्दै राम्रो पूर्वाधार बनाइ दिन सरकारलाई आग्रह गरे।

कार्यक्रममा गृहमन्त्री थापाले भने सम्बोधन गरेनन्। सोही कार्यक्रममा पूर्व एआईजी अमर सिंह साहलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको थियो।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.