ओली सरकारले ‘ प्रहरीको भुमीका प्रभावकारी बनाउन आवश्यक श्रोत-साधन उपलब्ध गराउने ‘

प्रधानमन्त्री केपी ओलीले नेपाल प्रहरीको भूमिकाको खुलेर प्रशंसा गरेका छन्।

हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीको भूमिकालाई लिएर आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठाको मुक्तकण्डले प्रशंसा गरेका हुन्।

नेपाल प्रहरीले जनताको निकट रहेर अपराध नियन्त्रण र समाजमा अमन चयन कायम गर्न उल्लेखनीय योगदान दिँदै आएको प्रधानमन्त्री ओलीको भनाइ छ।

६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संयुक्त राष्ट्र संघको मिसनमा रहेर नेपाल प्रहरीले खेलेको भूमिकाको पनि स्मरण गरे।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल र सुःखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरी थप जिम्मेवार बन्नुपर्ने पनि बताए। उनले नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने आश्वासन पनि दिए।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई नमूना प्रहरी संगठनका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल प्रहरीलाई आक्षेपमुक्त बनाउन आफू सदैव सचेत रहेको पनि स्मरण गराए।

प्रहरी महानिरीक्षक खनालले प्रधानमन्त्री ओलीको गतिशील संरक्षकत्वले प्रहरी संगठनलाई प्रभावकारी बनाउन प्रेरणा दिएको पनि उल्लेख गरे। प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले अपराध नियन्त्रणका लागि सूचना र प्रविधिको विकासमा जोड दिएको पनि बताए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.