“ हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ “ : प्रधानमन्त्री ओली

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई आधुनिकीकरण गर्न सहकारीको भूमिका महत्वपूर्ण भएको बताउनुभएको छ ।

अनिल पौडेलले लेख्नु भएको पुस्तक इमानको इन्द्रेनीको आज प्रधानमन्त्री निवास बालुवटारमा विमोचन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकार,निजी क्षेत्र र सहकारी एक भएर देश विकासलाई अघि बढाउनु पर्ने बताउनुभएको छ । “हामीले आत्मनिर्भरताका लागि उत्पादन र उत्पादकत्व बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसका लागि हामीले इजरायलबाट सिक्न सक्छौं ।

जहाँ दुई प्रतिशत जनसंख्याले देशलाई खान पु¥याएर अन्नको निर्यात पनि गर्ने गरेको छ ।”सहकारी अभियन्ता तथा नेकपाका नेता केशव वडालको जीवनमा आधारित उक्त पुस्तक विमोचन गर्दै प्रधानमन्त्री ओलीले वडालको जीवन नै सहकारीमा होमिएको बताउनुभयो ।

“नेपालको सहकारी आन्दोलनमा वडालजीको योगदान अतुलनीय छ । पार्टीका हरेक बैठकमा वहाँले सहकारीका एजेण्डा अघि सार्ने र त्यसको महत्व पार्टीका सबै नेताहरुलाई समेत बुझाउने गर्नु भएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छंदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीेले लेखक पौडेललाई धन्यवाद दिनुभयो । “त्यस्ता मान्छेको जीवित छंदै प्रशंसा गरिन्छ जसले बाँकी जीवनमा पनि गलत गर्दैनन् भन्ने निश्चित हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “वडालजी त्यस्ता थोरै मध्येका एकजना पात्र हुनुहुन्छ । जसको जीवनकाल मै प्रशंशा भएको छ ।”

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.