“ दशैं हामी सबै नेपालीहरुको चाड हो ” भन्दै मुसलीम समुदायले अंगालो हालेर शुभकामना दिए

असोज ,

धर्मका नाममा विश्वमा ठुला युद्धहरु भए । अझै पनि धर्मका नाममा बिभेदहरु रहेका नै छन् ।

नेपालमा पनि यस्ता कुराहरु नउठ्ने होईन तर नेपालका केही स्थान यस्ता पनि छन् जहाँ धार्मिक सहिष्णुता र समाजिक सद्भावको मामिलामा सबैलाई जितेको छ । यतिबेला नेपालीहरु बडा दशैको आगमनसंगै रमाईरहेका छन् । तर केहीले भने हिन्दूहरुको मात्रै भन्ने गरेका छन्।

 

यो तर्कलाई पूर्वका मुस्लिम समुदायले खण्डित गरेका छन्। यहाँ मुस्लिमलाई पनि दशैं लागेको छ।

यसैक्रममा संघीय समाजवादी मुस्लिम फोरमले मोरङको क्षेत्र नम्बर २ मा पर्ने सुनवर्सी नगरपालिकास्थित डाइनाचोकमा दशैं शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।कार्यक्रममा हिन्दू र मुस्लिम समुदायका व्यक्तिले अंगालो हालेर शुभकामना साटासाट गरेका थिए।

आयोजक तथा मुस्लिम फोरमका अध्यक्ष सवरेज आलमले दशैं हिन्दूहरुको मात्र नभई सबै नेपालीको महान चाड भएको बताउँदै शुभकामना मन्तव्य दिए। ‘दशैं सबै नेपालीको महान चाड हो। हिन्दू, राई लिम्बुको मात्रै होइन’, ‘यो चाडले नेपाल र नेपालीलाई एकताबद्ध बनाएको छ। सबै मिलेर समृद्ध देश बनाऔं’ उनले भने ।

दशैं आफूहरुको पनि चाड भएको भन्दै उनले भाइचाराको विकास र सुख समृद्धिको कामका लागि यो कार्यक्रमको आयोजना गरिएको बताए। उनी अगाडी भन्छन् दशैं हाम्रो पनि चाड हो।

सबैले मनाउनुपर्छ’ उक्त कार्यक्रमले हिन्दू र मुस्लिम भाइचाराको सम्बन्ध बढाएको ,समाजमा राम्रो सन्देश दिएको , विकृत समाजलाई पाठ सिकाएको छ र सामाजिक कार्य बढाउँने काम गरेको उपस्थित महानुभावहरुले व्यक्त गरेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.