प्रदेश २ को कार्यलय उद्घाटन समारोहमा गएका प्रचण्डले मुख्यमन्त्री लालबाबु राहुतलाई स्टेजबाटै यसरी झपारे ( भीडीयो )

कार्तिक ६ ,

नेकपाका अध्यक्ष प्रचण्डले लालबाबु यादवलाई केन्द्र सरकारलाई ओभरटेक नगर्न चेतावनी दिएका छन ।

मंगलबार नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले लालबाबुको अगाडी नै यस्तो चेतावनी दिएका हुन् ।

कार्यक्रममा बोल्दै प्रचण्डले प्रदेश २ ले ल्याउँन लागेको प्रहरी ऐनमाथि असन्तुष्टी जनाए ।प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गर्दे चेतावनीपुर्ण भाषामा  भने “केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु’ ।

कर्मचारी सबै प्रदेशलाई चाहिने भन्दै प्रचण्ड अगाडी भन्छन् “तपाई ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना ननिम्त्याऊँ ।

तपाईको मागप्रति गम्भीर छु ” ’प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.