नेकपा सचिवालय बैठक : दर्जन बढी एजेण्डामा छलफल हुँदै ! यी हुन एजेण्डाहरु

कठमाडौं ,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ । प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

बैठकमा पार्टी एकता, जिम्मेवारी बाँडफाँट, सरकारको कामकारबाहीलगायत झण्डै दर्जन एजेण्डामा छलफल हुने नेताहरुले बताएका छन् ।

यसअघि पटक–पटक सचिवालय बैठक बसे पनि पार्टी एकतालगायत विषय टुंगिन सकेको छैन ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि एकता नटुंगिदा खासगरी तल्ला तहमा अन्योलता सिर्जना भएको छ ।

आज बस्ने बैठकले पार्टी एकता, प्रदेश जिम्मेवारी बाँडफाँटमा देखिएको विवादलगायत विषयमा गम्भीर छलफल गर्ने अपेक्षा गरिएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.