जाने होईन त मुस्ताङ ? मुस्ताङ जाने पर्यटकको संख्या बढ्यो

काठमाडौं ,

मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल खचाखच बनेका छन् ।

विशेष गरी मुक्तिनाथ र उपल्लो मुस्ताङको लोमान्थाङ भ्रमण गर्न जाने सिजन शुरु भएसँगै पर्वतमा पनि पर्यटकको चाप बढेको हो ।

अहिले पर्वत सदरमुकाम कुश्मा बजारमा मुस्ताङको मुक्तिनाथ कागबेनी लगायतका धार्मिक क्षेत्रहरुमा पुग्नका लागि सोह्रश्राद्धको सुरुवातसँगै धार्मिक पर्यटक र दसैँपछिसम्म पनि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दै गएको हो ।

कुश्मा बजारका पाहुनाको चाप थेग्न सक्ने होटलमा प्रतिदिन एउटा होटलमा १ सयदेखि १ सय ५० जनासम्म ग्राहकहरु बस्दै आएका छन् । कुश्मामा पाहुना बस्न मिल्ने होटलहरु भरिएपछि बागलुङका होटलमा समेत पाहुनाहरु पठाइएको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

कुश्मा बजारमा विशेष गरी होटल बन्दना सँगै होटल बेञ्जु, होटल फ्रेण्डली र होटल ब्रिज भ्यूले पर्यटकलाई आवासको सुविधा दिएका छन् ।

यसरी मुस्ताङ जानका लागि आन्तरिकसँगै भारतीय पर्यटकको बाक्लो उपस्थिति देखिएको छ । उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल झनै बढ्न थालेको हो ।

यो खबर उज्याले बाट लीईएको हो

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.