ओली सरकारको सफलता : चीनले दिँदै आएको सैन्य सहायातामा ५० प्रतीशत बढायो

चीन सरकारबाट नेपाली सेनालाई दिंदै आएको सहयोग ५० प्रतिशत बढाएको छ |

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको साताव्यापी चीन भ्रमणका क्रममा उक्त समझदारी पत्रमा हस्ताक्षर हुने रक्षा मन्त्रालयका अधिकारीले बताए ।

चिनियाँ समकक्षी वाइ फेङ्गेको निमन्त्रणामा बेइजिङ जियान्सेन फोरम नामक सैन्य कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल गएका थिए ।

‘चीनले नियमित उपलब्ध गराउँदै आएको एक सय मिलियन आरएमबीलाई यसपटक बढाएर एक सय ५० मिलियन आरएमबी पुर्‍याएको हो,’ रक्षा सचिव विष्णु लम्सालले भने, ‘चीनले उपलब्ध गराउने उक्त सहयोग विपद् व्यवस्थापन र सैन्य क्षमता वृद्धिका लागि आवश्यक सामाग्री हुन्। सिधा रकम उपलब्ध भने होइन।’

बख्तरबन्द गाडी, सैन्य सामाग्री, ट्रक, क्रेनलगायत रहने रक्षा अधिकारीले जानकारी दिए।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.