बजारमा १००० का नक्कली नोटहरुको बिगबिगी , सचेत रहनुहोस ठगीनुहोला

काठमाडौं ,

नेपाली बजारमा १ हजारका नक्क्ली नोटहरु भेटीन थालेका छन ।

नक्कली नोट छाप्ने अभियोगमा प्रहरी हिरासतमा रहेका इन्द्रबहादुर श्रेष्ठले विभिन्न व्यक्तिलाई दिएको सूचनाको आधारमा खोजी गर्दै जाँदा बजारबाट नोट फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए।

श्रेष्ठले २५ वर्षीय सहिल थापा मगरलाई १५ हजार नक्कली नोट दिएको र थापाले घरमा रङ लगाउने एक युवकलाई रङ लगाएको पारिश्रमिक दिएका थिए। पारिश्रमिक दिएका युवकले बजारमा लगेका १५ वटा हजारका नोटमध्ये तीन वटा फेला परेको हो।

बाँकी नोटको खोजी भइरहेको एसएसपी लामाले बताए। एसएसपी लामामा भन्छन,‘बजारमा नक्कली नोट भएको आशंका भए प्रहरीलाई खबर गर्नूहोला।’

नक्कली नोट बनाएको प्रमाणित भएमा मुलुकी अपराध संहिता अनुसार ५ वर्षदेखि १० वर्षसम्म कैद सजाय र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.