नेकपाको आजको बैठक : यसरी सजीलै विवाद मीलाईदै

काठमाडौं ,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश कमिटीलाई पूर्णता दिन र जिल्ला तहको विवाद मिलाउन नयाँ विधि र मापदण्ड बनाउने निर्णय गरेको छ ।

सचिवालयको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।

नयाँ विधि र मापदण्डको मस्यौदा तयार पार्ने जिम्मा महासचिव पौडेल र रामबहादुर थापा बादललाई दिइएको छ ।

बुधबार स्थगित बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो ।

बैठकमा यहि कात्तिक १२ र १३ गते हुने पार्टी स्थायी कमिटी बैठकका विषयमा समेत छलफल समेत भएको बताइएको छ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.