• Home
  • Privacy Policy
  • Contact Us
शनिवार, फ्रेवुअरी 23, 2019
Pradeshi Online
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us
No Result
View All Result
Nepal’s Leading Online Portal
No Result
View All Result

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

Pradeshi Online by Pradeshi Online
डिसेम्बर 9, 2018
in Nepal, News
0
वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
Share on FacebookShare on Twitter

काठमाडौं ,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका तत्कालिन २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका तत्कालिन २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरु यसअघि नै वैदेशिक रोजगार विभागबाट सरुवा भइसकेका थिए ।

उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले अनलाइनखबर जानकारी दिए ।

गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि शोषणमा परेका थिए । अख्यितारले विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओलीविरुद्ध आरोप पत्र दायर गरेको छ ।

त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन्ऽ खत्री, विष्णुहरि निरौला, दिलबहादुर मदन गिरी, खगेन्ऽ पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, र केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।

कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्ब बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध पनि आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरु राजिवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारको रुपमा मुद्दा दायर गरिएको छ ।

उनीहरुले व्यक्तिगत स्वार्थका लागि मानवीय सुुरक्षाको समेत ख्याल नगरी गलत कागजात बनाएर वैदेशिक रोजगार ऐन, २०६४ विपरीत काम गरेको अख्तियारको ठहर छ ।

Tags: वैदेशीक रोजगार
ShareTweetPin
Previous Post

बाबुराम भट्टराईको माग : ‘ विष्ट र भट्टलाई बर्खास्तमात्रै होइन, पक्राउ नै गर्नुपर्छ ‘

Next Post

‘ भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बन्छ ‘ : नेकपा अध्यक्ष दाहाल

Next Post
बामदेबलाई उम्मेदवार बनाएर उपनीर्वाचन गर्ने चर्चा चलीरहँदा प्रचण्ड-ओली बिचको  कुरा बाहीरीयो !

‘ भरतपुर नमूना महानगर र चितवन नमूना जिल्ला बन्छ ‘ : नेकपा अध्यक्ष दाहाल

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Recent

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

जापान उडानका लागी नेपाल एयरलाईन्सलाई अनुमती

फ्रेवुअरी 3, 2019
नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

नेपाल आईडलका सुरज थापाले ल्याए प्रदेशीको कथा-ब्याथा बोकेको मनै रुवाउने गीत ( भीडीयो सहीत )

जनवरी 23, 2019
अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

अस्ट्रलीयामा अत्याधीक गर्मी भएपछी सरकारले बाहीर नसीस्कन सुचना जारी गरेको छ , सुरक्षीत रहौं

जनवरी 17, 2019
नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

नेपल र जापानबिच हवाई सम्झौता पुनरावलोकन गर्ने सहमती , नेपाल-जापान सीधा हवाई सन्चालन

जनवरी 10, 2019
बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

बाघ समेत बिदेशबाट फर्केर मज्जाले देशमै बस्न नपाउने स्थीती आयो बरै , भारत तीरै फर्कीयो

जनवरी 5, 2019

पाठकहरुमा जानकारी :

  • तपाई संग पनी जानकारी , रचना वा कुनै पनी सामाग्री छन भने हामीलाई पठाउनुहोला । हामीले उचीत स्थान दिनेछौं ।
  • प्रदेशका भोगाई , सुचना , समाचार आदी पठाउन सक्नुहुन्छ ।

Email : pradeshionline@gmail.com

© 2018 प्रदेशि अनलाईन

No Result
View All Result
  • Home
  • Privacy Policy
  • Contact Us

© 2018 प्रदेशि अनलाईन

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In