बन्दुकको गफ दिँदा अमेरिकी कलेजबाट नेपाली विद्यार्थी निश्काशित ! कारण यस्तो छ ( पढ्नुहोस )

काठमाडौं ,

साथीलाई धम्क्याएको आरोपमा एक नेपाली विद्यार्थीलाई अमेरिकाको कलेजले निष्कासन गरेको छ । न्यू हृयाम्पसायर राज्यस्थित न्यू लण्डनमा रहेको कोल्बी-सोयर कलेजमा अध्ययनरत २१ वषिर्य सुप्रज्ञ रिजाल निष्कासनमा परेका हुन् ।

रिजाललाई अक्टोबर ३ मा प्रहरीले पक्राउ गरेर दुई दिनसम्म हिरासतमा राखेपछि छोडिदिएको थियो । उनले बेलुकी खाना खाने क्रममा एक साथीसँग शिकारको कुरा गरेका थिए । आफूले ती साथीसँग आफ्नो बाल्यकाल र हजुरबुबाको बारेमा कुरा गरेको रिजालले बताएका छन् । तर, उनीहरुले अर्कै अर्थमा बुझेर धम्कीको रुपमा लिएको रिजाल बताउँछन् ।

‘मेरो हजुरबुबाले पहिले नेपालमा शिकार खेल्ने गर्नुहुन्थ्यो र उहाँले मलाई बन्दुक चलाउन सिकाउनुभएको थियो,’ उनले भने, ‘म यसमा (बन्दुक चलाउन) निकै सिपालु छु ।’

प्रहरीले भने रिजालले हन्टर फिट्जसिमोन्स नामका ती विद्यार्थीलाई आफूसँग अनुमतिप्राप्त बन्दुक भएको र कलेजका कसैले पनि केही गर्न नसक्ने भन्दै धम्क्याएको जनाएको छ ।

न्यू लण्डन प्रहरीका सर्जेन्ट डेभिड केथले लेखेको रिपोर्टअनुसार फिट्जसिमोन्सले यस विषयमा क्याम्पसमा जानकारी गराएका थिए र क्याम्पसका सुरक्षा अधिकृतहरुले प्रहरीलाई खबर गरेका थिए ।

रिजालमाथि कलेजमा हुन गइरहेको साहित्यिक कार्यक्रममा मानिसहरुलाई गोली प्रहार गर्ने योजना बनाएको आरोपसमेत लगाइएको छ ।

क्याम्पसका सुरक्षा अधिकृत विल्ली ब्याकोटले रिजालले कलेजमा मदिरापान र झैझगडा गरी अनुशासन भंग गरेको रेकर्ड भएको बताएका छन् । रिजालले अमेरिका र गोरा वर्णका मानिसलाई घृणा गर्ने उनको दावी छ ।

रिजालले भने ती सबै आरोपहरु झुटो भएको बताएका छन् । आफूसँग बन्दुक नभएको र बन्दुक राख्ने अनुमति पनि नभएको उनले बताएका छन् ।

रिजालको अपार्टमेन्टबाट हतियार बरामद भएको नभएको बारेमा प्रहरीको रिपोर्टमा उल्लेख छैन । प्रहरीले पक्राउ गरेको कारणले नै आफूलाई कोल्बी-सोयर कलेजले निष्कासन गरेको रिजालले बताएका छन् । कलेजले भने रिजालको बारेमा कुनै प्रतिक्रिया दिन मानेन ।

उनीमाथि लगाइएको धम्कीको आरोप प्रमाणित भएमा उनलाई नेपाल फर्काइन सक्ने सम्भावना रहेको छ । रिजालको मुद्दा कन्कर्डस्थित मेरिम्याक सुपेरियर कोर्टमा चलिरहेको छ र अध्यागमन वकिलसँग उनले आँउदो साता भेट्नेछन् ।

(न्यू हृयाम्पसायर युनियन लिडरबाट)

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.