रोजगारीको शिलशिलामा मलेसिया गएका एक नेपालीको मृत्यु

मलेसिया ,

रोजगारीको शिलशिलामा मलेसिया गएका रुकुमको आठबीसकोट नगरपालिका ९ का हरि शाही आफ्नै कोठामा मृत अवस्थामा फेला परेको बताइएको छ । केलाङ सेन्टर मेरु नजिकै एल.एस.के. म्याटर्स वल्र्ड कम्पनीमा काम गर्ने शाही कोठामा सुतेको अवस्थामा मृत फेला परेको उनीसँगै रहेका दिनेश नेपालीले जानकारी दिए । गयराति १२ बजे सम्म काम गरेर सामान्य अवस्थामा कोठा फर्किएका शाही बिहान सुतेकै अवस्थामा मृत फेला परेको नेपालीको भनाई छ ।

बेलुकी अबेर सम्म कम्पनिमा काम गरेर कोठामा फर्किएका शाही जिल्लाकै दिनेश नेपाली र सर्जन नेपाली सँगै खाना खाएर सुतेका थिए । बिहान कामम जाने जाने समय भइसक्दा पनि साथि नउठेपछि बोलाउँदा शाहीको मृत्यु भइसकेको दिनेशले शाहीको घरमा जानकारी गराएका छन् । शाही ६ महिना अगाडि मात्र मेलेसिया गएका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*


This site uses Akismet to reduce spam. Learn how your comment data is processed.