Official News : एमाले युवा नेता योगेश भट्टराई तप्लेजुङबाट विजयी , वाम गठबन्धनको क्लिन स्वीप

२३ मंसिर, ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भट्टराईले २९ हजार ४७९ मत प्राप्त गरी फराकिलो अन्तरमा बिजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका केशव दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका छन् ।

एमाले नेता भट्टराईको संसदीय चुनावमा यो पहिलो विजय हो ।

२०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौं ६ बाट पराजय भोगेका भट्टराई यसपटक गृहजिल्ला ताप्लेजुङबाट चुनाव लडेका थिए ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*